सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुर घटनाः घाइते विद्यार्थी नेतालाई भेट्‌न अस्पतालमा प्रचण्ड

२०८२ साउन १५, ०५:०७ खबर संवाददाता

धनगढीः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अखिल (क्रान्तिकारी)का उपमहासचिव रामचन्द्र भट्टको अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका छन् ।

उपचाररत भट्टलाई भेट्न प्रचण्ड बिहीबार बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल पुगेको प्रचण्डको सचिवालयले जनाएको छ ।

११ साउनमा कञ्चनपुरमा अखिल (क्रान्तिकारी)को बैठकमा हानाहान हुँदा भट्टको टाउकोमा चोट लागेको थियो । चिकित्सकले भट्टको स्वास्थ्यमा सुधार हुँदै गएको र अहिले सामान्य अवस्थामा रहेको बताएका छन् । भट्ट अखिल (क्रान्तिकारी)का सुदूरपश्चिम इञ्चार्ज पनि हुन् ।
 

कमेन्ट लोड गर्नुस