सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

२०८२ साउन १५, १०:०८ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज (बिहीवार) विश्वासको मत लिनु हुने भएको छ। 

सरकारलाई दिएको समर्थन नागरिक उन्मुक्ति पार्टीले असार तेस्रो साता फिर्ता लिएको थियो। सो पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले आज विश्वासको मत लिन लागेका हुन्। सरकारबाट कुनै पनि पार्टी बाहिरिएपछि सरकार प्रमुखले विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान रहेको छ।

यसैबिच, सोमवार बसेको नेपाली कांग्रेसको प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री शाहको पक्षमा मतदान गर्नका लागि सर्वसम्मत निर्णय गरेको छ। सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस र नेकपा (एमाले)को सरकार छ। नेपाली कांग्रेसका १८ र एमालेका ११ प्रदेशसभा सदस्य गरेर प्रदेश सरकारको पक्षमा बहुमत कायमै रहेको छ। 

कमेन्ट लोड गर्नुस