सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा श्रृङखलाबद्ध रुपमा हुने चोरी रोकिएन्

२०७६ साउन ६, १०:५६ रोशन भट्ट

शनिबार राती पत्रकार शंकर बोहोराले घरको गेट लगाएर बरण्डामा ह्याण्डील लक गर्दै मोटरसाईकल राखे। बोहोराले एक महिना पहिले मात्र खरिद गरेको  से ७ प ८०२६ नम्वरको एक सय ५० सिसिको अपाची मोटरसाईकल राती १२ बजेपछि गेटको ताल्चा र ह्याण्डील लक तोड्दै चोरी भयो। यस्तै उप–महानगरपालिकाको वडा नम्बर १ शिवनगरकी रविना चौधरीको घरबाट पनि गत विहिवार राती मोवाईल चोरी भएको छ।

राती सुतेका बेला झ्यालको जाली काटेर विस्तरामा राखेको मोवाईल चोरी भएको हो।  तर सोही घरको नजिकै प्रहरीको २४ सै घण्टा डिउटी समेत हुने गरेको छ। उक्त टोलमा दैनिकजसो चोरी भइरहेपनि प्रहरी प्रशासन भने बेखबर जस्तै भएको आरोप चौधरीको छ। एक महिना अगाडी मात्र उप–महानगरपालिकाकै वडा नम्वर ८ मोती चौकका स्थानीय धन बहादुर थापाको मोटरसाईकल घरको बरण्डाबाटै चोरी भएको थियो।

चोरीको मोटरसाईकल केही समय पछि फेला परेपनि प्रहरीले खासै सहयोग नगरेको थापाको भनाई छ। यी तीन घटना प्रतिनिधीमुलक उदाहरण भएपनि धनगढी उपमहाननगरपालिका क्षेत्रमा बितेको एक महिनाको अवधीमा दर्जर्नौँ चोरीका घटना भएका छन्।

ती मध्ये केही घटना मात्र सार्वजनीक भएका छन्। प्रहरीमा निवेदन दर्ता गर्दा समेत सुनवाई नहुँदा स्थानीय बासिन्दाले प्रहरी कहाँ धाउनै छोडिसकेका छन्। फितलो सुरक्षा व्यवस्था र प्रहरीको सक्रियता कम हुदै जान थालेपछि नगर क्षेत्रमा शृङखलाबद्ध रुपमा हुने चोरीका घटनामा बृद्धि भईरहेको छ।

चोरीमा संलग्न गिरोहले दैनिक जसो रातीको समयमा घरको गेट नै तोडेर मोटरसाईल लगायतका अन्य समाग्री चोरी गर्ने क्रम बृद्धी भएपनि प्रहरी प्रशासन भने मौन देखिएको छ। धनगढीमा बम बिस्फोटको घटनापछि सुरक्षा सतर्कता बढाईएको दावी गरिएपनि चोरी हुने क्रम भने बढ्दै गएको छ।

धनगढीमा ठुलै गिरोह चोरीमा संलग्न भएपनि प्रहरीको ध्यान भने त्यसतर्फ गएको छैन्। तर  कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरिक्षक दक्षकुमार वस्नेतले भने चोरीमा संलग्नहरुलाई पक्राउ गरिरहेको दावी गरे। प्रहरीले यस्तो दावी गरेपनि उनीहरुको ध्यान हप्ता असुलीमै केन्द्रीत भएपछि चोरी हुने क्रम रोकिन नसकेको आरोप लाग्दै आएको छ।

प्रहरीले अहिले रातको नौ नबज्दै होटल बाहिर ढुकेर बस्ने, १० बज्ने बितिकै होटल तथा रेष्टुरा बन्द गराउदै हिडने, बन्द नगरेमा अनावश्यक दुःख हैरानी दिने गरेको व्यवसायीहरुको गुनासो छ। १० बजे नै बजार सुनसान पारेर हाईसन्चोमा बस्न रुचाउने प्रहरीकै कारण शृङखलाबद्ध चोरी हुदै आएको आरोप लागेको छ। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस