सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री ओली आज कैलाली आउँदै

२०८२ साउन १३, १०:०५ खबर संवाददाता

धनगढीः प्रधानमन्त्री केपी शर्मा ओली आज कैलाली आउदै छन्। प्रधानमन्त्री ओली आज कैलाली आउन लागेका नेकपा एमाले सुदूरपश्चिम प्रदेशका सचिव रणबहादुर चन्दले बताए।

उनी जल विद्युत् आयोजनाको उद्घाटनका लागि कैलाली आउन लागेका हुन्। कैलाली जिल्लाको जानकी गाउँपालिका–९ मा निर्मित कटासे हाईड्रोपावरको उद्घाटन गर्न ओली कैलाली आउन लागेका चन्दले बताए। कैलाली पुगेर ओलीले रानिजमरा स्थित रानिजमरा ईन्टेक कर्णाली चिसापानीको अवलोकन गर्ने कार्यक्रम रहेको छ। त्यस पछि प्रधानमन्त्री ओलीले कटासे हाईड्रोपावरको उद्घाटन गर्ने छन्।

कमेन्ट लोड गर्नुस