सेती प्रादेशिक अस्पतालमा स्वास्थ्य बीमामा आवद्ध सेवाग्रहीहरुको चाप बढ्दो

धनगढीः धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा स्वास्थ्य बिमा लागु भएयता बिरामीहरुको चाप बढ्न थालेको छ।
स्वास्थ्य बीमा गराएका दैनिक करिब ६ सय बिरामी उपचारका लागि आउने गरेको अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठले जानकारी दिए।
सुदुरपश्चिमका नौ ओटै जिल्लाबाट सेवाग्राहीहरु रेफर भएर सेती अस्पतालमा आउने गरेका छन्। यस अस्पतालबाट एम.आर.आइ, सिटी स्क्यान, ल्याब, इको र अपरेशन लगायतका विशेषज्ञ सेवाहरु प्रदान गरिदै आएको छ।
स्वास्थ्य बीमाको नियम अनुसार १० प्रतिशत सेवा शुल्क लिएर एक हजार तीन सय ७४ प्रकारका औषधीहरु उपलब्ध गराइरहेको उनले जानकारी दिए। हालसम्म अस्पतालबाट बीमा माग दाबी गरिएको १९ करोड रकम मध्ये सात करोड प्राप्त गरेको र १२ करोड प्राप्त गर्न बाँकी रहेको उनले जानकारी दिएका छन्।


