सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा लागूऔषधसहित एक किशोर पक्राउ 

२०८२ साउन १२, ०८:३१ खबर संवाददाता

धनगढीः कैलालीमा लागूऔषधसहित एक किशोर पक्राउ परेका छन्।

जानकी गाउँपालिका-७ खल्ला गलौरी स्थित सडक खण्डबाट सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई २७० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको छ। किशोरलाई इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ। 

कमेन्ट लोड गर्नुस