सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारको नयाँ कर नीतिका बिरुद्ध धनगढीमा प्रदर्शन

२०७६ साउन ५, ०२:२६ कमल सावद

नेपाल सरकारको नयाँ कर नीतिका बिरुद्ध कैलालीका व्यवसायीहरु बिरोधमा उत्रिएका छन्। कैलाली उद्योग वाणिज्य संघको अगुवाईमा व्यवसायीहरुले धनगढीमा बिरोध ¥याली समेत निकालिएको छ। आईतबार बिहान कैलाली उद्योग वाणिज्य संघको कार्यालयबाट निस्किएको व्यवसायीहरुको बिरोध ¥याली ट्राफिक चौकमा पुगेर कोणसभामा परिणत भएको थियो।

कोणसभामा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रिय सदस्य गोपाल हमालले युरोपीयन देशमा लागु भएको कर प्रणाली सरकारले ल्याएको बताए। ‘युरोपीयन देशमा लागु भएको कर प्रणाली ल्याउने तर जनताले सामान्य सेवा समेत पाउने अवस्था छैन्,’ उनले भने, ‘हात कसरी धुने भन्दै सिकाउन पर्ने देशमा युरोपको कर प्रणाली लगाउने बेला आएको छैन्, त्यहाँको कर नीति लागु गर्न सुरुमा जनताले सेवा पनि सोही देशको जस्तो पाउनुर्छ।’ हमालले सरकार ल्याएको नयाँ कर नीतिले व्यवसायीलाई मात्र नभई जनतालाई ठुलो समस्या पर्ने बताए। ‘जनताले हरेक सामान खरिद गर्दा कर तिरेका हुन्छन्,’ उनले भने, ‘व्यवसायी त कर तिर्ने माध्यम मात्रै हो।’ उनले जनताले तिरेको करको सदुपयोग नहुँदा झनै नैराश्यता बढेको बताए। सरकारले कर बढाउँदै लैजाने तर प्रत्येक बर्ष ठुलो बजेट फ्रिज जाने समस्या रहेको बताउँदै हमालले खर्च नै गर्न नसक्ने भए नयाँ–नयाँ कर नीति के–का लागि भन्दै प्रश्न गरे। 
कोणसभालाई सम्बोधन गर्दै कैलाली उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले सरकारले ल्याएको नयाँ कर नीतिका बारेमा व्यावसायी अनभिज्ञ रहेको बताए। ‘सरकारले जनतालाई सूचना समेत नदिएर कर नीति लागु गरेको छ,’ उनले भने, ‘नीतिका बारेमा चार्टर एकाउटेण्टहरुलाई समेत जानकारी छैन्।’
गोदावरी चेम्बर अफ कमर्सका अध्यक्ष बिनोद मल्लले व्यवसायीहरुलाई दुःख दिने नियतले सरकारले लागु गरेको कर प्रणाली खारेजीको माग गरे। होलसेल व्यवसायी संघ धनगढीका अध्यक्ष तिलक खतिवडाले सरकारले ल्याएको नयाँ ऐनहरुबाट व्यवसायीहरु व्यवसाय गर्न सक्ने अवस्थामा नरहने बताए। व्यवसायीहरुले सरकारले आर्थिक वर्ष २०७६/०७७ मा लागु गर्न ल्याएको भेहिकल एण्ड कन्साईमेण्ट ट्रयाकिङ सिस्टम (भीसीटीएस) लगायत प्राबधानहरु खारेज गर्नुपर्ने अडान राख्दै आएका छन्। सरकारको नयाँ नीतिको विरोधमा व्यवसायीहरु बिरोधमा छन् भने देश भरिको ढुवानी पनि ठप्प रहेको छ। 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस