सुदूर नेपाललाई विश्वसँग जोड्दै

विकास बजेट फ्रिज जान नदिन कार्ययोजना सहित काम थाल्न सुझाव

२०७६ साउन ५, ११:१८ जनक विष्ट

देश संघिय संरचनामा गएपनि काम गर्ने शैली सुधार नहुँदा सुदूरश्चिममा ठुलो विकास बजेट फ्रिज जाने क्रम रोकिन सकेको छैन्। प्रदेशमै सबैभन्दा बढि विकास बजेट रहेको कैलालीमा भर्खरै सम्पन्न आर्थिक वर्ष २०७५÷०७६ मा पछिल्लो एक दशकमै सबैभन्दा बढि बजेट खर्च हुन नसकेर फ्रिज गएको छ। आर्थिक वर्ष २०७५÷७६ का लागि ७ अर्ब ७३ करोड पुँजीगत बजेट रहेको कैलालीमा ६३ प्रतिशत अथात् चार अर्ब ९० करोड मात्रै खर्च भयो भने तीन अर्ब १७ करोड बढि बजेट खर्च हुन नसक्दा फ्रिज गएको छ।

जुन खर्च पछिल्लो एक दशककै सबैभन्दा कम रहेको कोष तथा लेखा नियन्त्रण कार्यालय धनगढीले बताउँदै आएको छ। देश संघिय संरचनामा गएपछि विकास निर्माणका कामले तिव्रता पाएर बजेट खर्चको अवस्था समेत सुधार हुने अपेक्षा गरिएका बेला कैलालीमा विगतकै परिपाटीले निरन्तरता पाउँदा ठुलो विकास बजेट फ्रिज जाने क्रम रोकिन नसकेको हो। तर यसवर्ष भने ठुलो बजेट फ्रिज जान नदिन अहिले देखि नै कार्य योजना बनाएर विकास निर्माणका कामलाई तिव्रता दिन सुझाव दिईएको छ।

आर्थिक वर्षको अन्तमा आएर काम गर्ने प्रवृत्ति हटाउदै सार्वजनिक खरिद प्रक्रिया कार्तिकमै सकेर बजेट कार्यान्वयनमा ध्यान दिननुपर्ने कोष तथा लेखा नियन्त्रण कार्यालय धनगढीका प्रमुख कोष नियन्त्रक लक्ष्मीप्रशाद जोशीले बताए। उनले हरेक विकासे अड्डाहरुले मासिक, त्रैमासिक र चौमासिक कार्ययोजना बनाई काम गरेमा मात्र बजेट कार्यान्वयन गर्न सकिने जनाउँदै अहिलेदेखि नै त्यसतर्फ केन्द्रीत हुन आग्रह गरे।

कैलालीमा ३७ प्रतिशत बजेट फ्रिज गएका बेला सुदूरपश्चिम प्रदेश सरकार पनि पौने ९ अर्ब बजेट खर्च गर्न सकेको छैन्। प्रदेश सरकारले पुँजीगत तर्फ ११ अर्ब ७१ करोडको ६१ प्रतिशत अथात् ७ अर्ब २२ करोड मात्रै खर्च गर्न सकेको छ। नयाँ संरचना र कर्मचारी व्यवस्थापन गर्न नसक्दा सोचे अनुसार बजेट खर्च नभएको रेडिमेट जवाफ प्रदेश सरकारले दिदै आएको छ तर अब भने आर्थिक वर्षको सुरुदेखि नै विशेष खालको कार्ययोजना बनाएर बजेट कार्यान्वयनमा लाग्न सुझाव दिईएको छ।

अर्थका जानकार एवं कैलाली बहुमुखी क्याम्पसका उपप्राध्यापक गगन घिमिरेले सरोकारवाला निकाय बजेट कार्यान्वयनमा अहिले देखि नै गम्भीर भएर लाग्न सुझाव दिए। कैलालीमा निर्माणाधिन अवस्थामा रहेका ६ वटा ठुला पूर्वाधार विकासका योजनामा सबैभन्दा राम्रो प्रगती संघिय आयोजना कार्यान्वयन ईकाई धनगढीको रहेको छ। जिल्लामा रानी जमरा कुलरिया सिँचाई आयोजना पछि सबैभन्दा बढि २ अर्ब ३६ करोड बजेट रहेको आयोजना कार्यान्वय ईकाइले २ अर्ब ८७  लाख खर्च गर्दै ९३ प्रतिशत प्रगती गरेको छ।

कैलालीको कुल बजेटको ३९ प्रतिशत हिस्सा फ्रिज जादा संघिय आयोजना कार्यान्वयन ईकाइले मासिक योजना बनाएर निरन्तर काम गरेका कारण राम्रो प्रगती हासिल गर्न सकेको प्रमुख  सुरेश वाग्लेले बताए। तर यहाँका विकास अडडाहरु आर्थिक वर्षका ११ महिना फुर्सदमै बिताउने र असार लागेपछि मात्र बजेट खर्च गर्न तात्ने प्रवृत्ति भने हटन सकेको छैन्। राजनीतिक नेतृत्व र कर्मचारीहरुमा इच्छा शक्ति नभएकै कारण प्रदेशमा वर्षेनी ठुलो विकास बजेट फ्रिज जाने गरेको छ। तर समृद्ध प्रदेश बनाउन भने यो प्रवृत्तिलाई हटाउनु जरुरी रहेको सुझाव दिईएको छ।  
  
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस