सुदूर नेपाललाई विश्वसँग जोड्दै

मदिरा व्यवसायी संघ धनगढीको अध्यक्षमा भाट

२०७६ साउन ५, १०:२४ खबर संवाददाता

मदिरा व्यवसायी संघ धनगढीको पहिलो साधारण सभाबाट अध्यइक्षमा पुष्कर भाट चयन भएका छन्। यस्तै संघको उपाध्यक्ष नारायण घिमिरे, कपिलदेव शाह र सुरेश पाण्डेय चयन भएका छन् भने महासचिव ईन्द्र वहादुर सेटी, सचिवमा प्रेम बहादुर धामी, कोषाध्यक्षमा प्रमानन्द भट्ट, सह–कोषाध्यक्षमा युवराज पोखरेल चयन भएका छन्।

नयाँ समितीको सदस्यमा भुवन पाठक, रामवहादुर ऐरी, सागर सम्शेर राणा, एकेन्द्र खड्का र तिलकवहादुर बोगटी रहेका छन्। निवर्तमान अध्यक्ष डिल्लीराज अवस्थीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट रहेकी थिईन्। 

कमेन्ट लोड गर्नुस