सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा गेटको ताल्चा र ह्याण्डील लक तोडेर मोटरसाईकल चोरी

२०७६ साउन ५, ०९:४५ खबर संवाददाता

धनगढीमा गेटको ताल्चा तोडेर ह्याण्डील लक गरिएको मोटरसाईकल चोरी भएको छ। धनगढीका पत्रकार शंकर बोहराको से ७ प ८०२६ नम्वरको एक सय ५० सिसिको अपाची मोटरसाईकल चोरी भएको हो। धनगढी उप–महानगरपालिका वडा नम्वर ८ बुद्धचोक घरको बरण्डामा ह्याण्डील लक गरेर राखिएको मोटरसाईकल चोरी भएको पत्रकार बोहराले बताए।

उनले गेटको ताल्चा समेत तोडिएको बताए। १२ बजेपछि रातीको समयमा मोटरसाईकल चोरी भएको उनले बताए। जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायव उपरिक्षक दक्ष कुमार बस्नेतले मोटरसाईकल र चोरीमा संग्लनको विहानैदेखि खोजी भईरहेको बताए। धनगढीमा बम बिस्फोट भएपछि सुरक्षा सतर्कता बढाईएको दावी गरिएपनि चोरीका घटनाहरु भने बढ्दै गएका छन्। 

 

कमेन्ट लोड गर्नुस