सुदूर नेपाललाई विश्वसँग जोड्दै

नयाँ कर नीतिको विरोधमा अत्तरियामा प्रदर्शन

२०७६ साउन ४, ०६:२६

सरकारले साउन १ गतेदेखि लागु गरेको नयाँ कर नीतिको विरोधमा अत्तरियामा विरोध प्रदर्शन गरिएको छ। गोदावरी चेम्बर अफ कमर्सको अगुवाईमा दबाब ¥याली निकाल्दै कर नीतिको विरोध जनाईएको चेम्बरका अध्यक्ष विनोद मल्लले बताए। ¥यालीपछि आयोजित कोणसभालाई कैलाली उद्योग बाणिज्य संघका सचिब सिद्धराज पनेरु, कैलाली चेम्बर अफ कमर्सका सदस्य देबराज पाण्डेय, अत्तरिया बजार व्यबस्थापन समितिका अध्यक्ष बाजी कामी, गोदावरी होटल व्यवसायी संघका निबर्तमान अध्यक्ष गणेश महरा, प्याप्सनका केन्द्रीय उपाध्यक्ष जगविर थापा लगाएतकाले सम्बोधन गरेका थिए। 
सरकारले देशभित्र व्यवसायिक मालसामानको ओसारपसारमा अनलाईन निगरानी थालेपछि सुदूरपश्चिममा पनि त्यस्का विरुद्धमा आन्दोलन भईरहेको छ।  ढुवानी ठप्प छ। व्यवसायीहरुले आफ्ना मालवाहक ट्रक घर र ग्यारेजमा थन्काएर ढुवानी सेवा ठप्प पारेका हुन्। सरकारले बजेट मार्फत ढुवानी व्यवसायलाई मूल्य अभिवृद्धि कर (भ्याट) तथा मालवाहक ट्रकलाई अनलाईन मार्फत निगरानी गर्न ल्याएको नीति नसच्याए सम्म मालवाहक गाडी सञ्चालन नगर्ने व्यवसायीहरुले बताएका छन्।
 

कमेन्ट लोड गर्नुस