सुदूर नेपाललाई विश्वसँग जोड्दै

रोटरी धनगढीको अध्यक्षमा ठाकुर

२०७६ साउन ४, ०५:५२ खबर संवाददाता

धनगढी–रोटरी क्लब अफ धनगढीको वर्ष २०१९/०२० का लागि हरिशंकर ठाकुर अध्यक्षमा चयन भएका छन्। शनिवार धनगढीमा भएको पदस्थापन समारोहमा रोटरी क्लव जोन सेभेनका एसिस्टिेन्ट गभर्नर गोपाल प्रशाद न्यौपानेले अध्यक्ष ठाकुरलाई गोपनियताको सपथ ग्रहण गराएका हुन्। वर्ष २०१९/०२० का लागि अन्य पदाधिकारीहरुमा निबर्तमान अध्यक्ष पुष्कर ओझा, प्रथम उपाध्यक्ष प्रेम खड्का, द्वितीय उपाध्यक्ष अनिता पन्त रहेका छन्। यस्तै सचिबमा भुवन भट्ट, सह-सचिवमा ठेकेन्द्र जोशी, कोषाध्यक्षमा सुमित भट्ट, सह -कोषाध्यक्षमा सुनिता खत्री रहेका छन्। 

सर्जेन्टआर्ममा भावना भट्ट, निर्देशकमा डाक्टर प्रतीक्षा सिंह राठौर, सुर्य गुरुङ, दीपक प्रसाद उपाध्याय, ललित बोहरा र प्रदीप जोशी रहेका छन्। रोट्र्याक्ट कोर्डिनेटरमा भगवती बडाल, इन्ट्र्याक्ट कोर्डिनेटरमा भुवन जोशी र अध्यक्ष नोमिनीमा तोयाराज भट्ट चयन भएका छन्। पदभार ग्रहण कार्यक्रमका प्रमुख अतिथी धनगढी उप–महानगरपालिकाका मेयर नृप वड रहेका थिए। 

कमेन्ट लोड गर्नुस