सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङको चैनपुरबाट लागुऔषधसहित २ जना पक्राउ

२०८२ साउन ४, ०७:३० खबर संवाददाता

धनगढीः बझाङको चैनपुरबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन।

जिल्लाको जयपृथ्वी नगरपालिका–१० चैनपुरका सन्दीपन बोहराको कोठाबाट एक सय ग्राम लागुऔषध बरामद गरिएको हो। प्रहरीले २४ वर्षीय सन्दीपन बोहरा र सुर्मा गाउँपालिका–२ का २८ वर्षीय सागर बोहरालाई कोठामा लागुऔषध सेवन गर्दै गरेको अवस्थामा पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय, बझाङले घटनामा थप अनुसन्धान गर्दै छ।

 

कमेन्ट लोड गर्नुस