सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका एक जना लागूऔषधसहित पक्राउ     

२०८२ असार ३२, ०७:३६ खबर संवाददाता

धनगढीः धनगढीका एक जना लागूऔषधसहित पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–१० गणपति ईटा भट्टानजिक बा.प्र. ०२–०३४ प ८०१९ नम्बरको स्कुटीलाई चेकजाँचगर्दा चालक सोही धनगढी उपमहानगरपालिका–१२ डीगाउँ बस्ने २५ वर्षीय धर्मेन्द्र सिंह लागूऔषधसहित पक्राउ परेका हुन्। सिंहको साथबाट २ ग्राम ४४० मिलिग्राम लागू औषध (खैरो हेरोइन) फेला पारी उक्त पदार्थ, स्कुटीसहित उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलवार नियन्त्रणमा लिएको जनाएको छ। 

कमेन्ट लोड गर्नुस