बाजुरामा लडेर एकको मृत्यु

बाजुराः बाजुराको गौमूल गाउँपालिकामा मंगलवार भिरबाट लडेर एक जना युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही गाउँपालिका–३ कटीगाउँका अन्दाजी ४१ वर्षीय वीरेन्द्र बोहरा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए। उनका अनुसार अनुसार मंगलवार बिहान घरबाट घाँस काट्न गएका बेला भिरबाट लडेर घटनास्थलमै बोहराको मृत्यु भएको हो।
घर नजिकै रहेको बागेडोरा भन्ने जङ्गलमा घाँस काट्न गएका बोहरा लामो समयसम्म घर नफर्किएपछि खोजी गर्दा उनी मृत अवस्थामा फेला परेको बताए। बोहरा घाँस काट्ने क्रममा चिप्लिएर भिरबाट लडेको हुनसक्ने स्थानीयको भनाइ छ। घटनाबारे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय घटमुनाबाट टोली घटनास्थलमा गइसकेको प्रहरी नायब उपरीक्षक हवारीको भनाइ रहेको छ। घटनास्थल पुग्न अझै तीन घण्टा लाग्ने प्रहरी नायब उपरीक्षक हवारीले बताए।


