सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा भन्सार छलीका ८६ बण्डल बिडी बरामद

२०८२ असार ३१, १०:०७ खबर संवाददाता

दार्चुलाः दार्चुलामा भन्सार छलीका ८६ बण्डल बिडी बरामद गरिएको छ।

दार्चुलाको महाकाली नगरपालिका–४ बसपार्कबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १२ हजार ९ सयको भारतीय बिडी ८६ बण्डल बरामद गरिएको हो। सोमवार जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी उक्त बिडी नियन्त्रणमा लिएको जनाएको छ।    
 

कमेन्ट लोड गर्नुस