चोरी र वन मुद्दामा फरार कैलालीका ३ जना पक्राउ

धनगढीः चोरी र वन मुद्दामा फरार कैलालीका ३ जना पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीको फैसलाले चोरी सम्बन्धी मुद्दामा चार महिना कैद र ३ हजार ३३३ जरिवाना तोकिएपछि फरार रहेका कैलालीको गोदावरी नगरपालिका–७ बस्ने १९ वर्षीय निसान्त रानासहित एकजना किशोरलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। प्रहरीले यी दुबै जनालाई सोमवार धनगढी उपमहानगरपालिका–७ मनेहराबाट पक्राउ गरेको जनाएको छ।
यसैगरी कैलाली अदालतकै फैसलाले वन मुद्धामा १८ हजार ४४० जरिवाना तोकिएका जानकी गाँउपालिका–८ पहाडीपुर बस्ने ३० वर्षीय जितु चौधरी पक्राउ परेका छन्। जितुलाई इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले सोमवार उनको घरबाट पक्राउ गरेको बताएको छ।


