सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट लागूऔषधसहित एक युवक पक्राउ

२०८२ असार ३१, ०९:५० खबर संवाददाता

धनगढीः धनगढीबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

धनगढी उपमहानगरपलिका–३ भन्सार एरियामा चेकजाँच गर्दा कैलालीको गौरीगंगा नगरपालिका–८ बस्ने ३१ वर्षीय उमेश चौधरी लागूऔषधसहित पक्राउ परेका हुन्। चौधरीको साथबाट ९ ग्राम ३५० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) फेला पारी उक्त पदार्थसहित उनलाई जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। 
 

कमेन्ट लोड गर्नुस