सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी बिस्फोटः मृतक सिंहको शवयात्रामा सहभागी दुई जना पक्राउ

२०७६ साउन ४, ०६:४४ खबर संवाददाता

धनगढीमा भएको बम बिस्फोटमा परि ज्यान गुमाएका रामवहादुर सिंहको शव यात्रामा गएका दुई जना पक्राउ परेका छन्। शुक्रबार मोहना आर्यघाटका लागि शव यात्रा सुरु भएकोमा शव यात्रामा गएका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा बझाङका सिता सिंह र प्रकास जप्रेल रहेका छन्।

सिता मृतक राम सिंहकी आफन्त पनि हुन् भने उनी बिप्लव माओवादी निकट महिला संगठनमा आबद्ध रहेको बुझिएको छ। यस्तै जप्रेल पनि विप्लव माओवादी निकट बिद्यार्थी नेता हुन। यता जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्ष बस्नेतले भने नियमित चेकजाँचका क्रममा दुवै जना भागेपछि उनीहरुलाई पक्राउ गरिएको बताए। शुक्रबार धनगढी स्थित मोहना नदिमा सिंहको दाससंस्कार गरिएको थियो।

मृतक सिंह आफ्नो पार्टीको कार्यकर्ता रहेको बिप्लव माओवादीले स्विकार गरिसकेको छ भने बिस्फोटमा घाईते भएका लक्ष्मण सेरलाको सुरक्षाकर्मीको निगरानीमा धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचार भईरहेको छ। उनको निगरानीका लागि शसस्त्र र नेपाल प्रहरीको टोली खटिएको छ।

कमेन्ट लोड गर्नुस