सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा रूखबाट खसेर एकको मृत्यु

२०७६ साउन ३, १०:३५

कैलालीमा रूखबाट खसेर एक जनाको मृत्यु भएको छ। जिल्लाको जानकी गाँउपालिका वडा नम्बर ९  अमरावतीका ३५ बर्षिय हिरो विष्टको रुखबाट खसेर मृत्यु भएको कैलाली प्रहरीले जनाएको हो।भिरमौरी काड्न रूखमा गएका विष्टलाई मौरीले लखेटेपछि उनि रूखबाट खसेर घाइते भएका थिए। उपचारको लागि लम्कीको लालरत्न अस्पतालमा भर्ना गरेका उनको त्यहाँ उपचार सम्भव नभएपछि टिकापुर अस्पताल लगिएको थियो। टिकापुर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको हो । 
कैलाली प्रहरी प्रवक्ता दक्षकुमार बस्नेतका अनुसार विष्ट मोहन्याल गाँउपालिका वडा नम्बर ७ डुडेझारी बेस क्याम्प नजिकैको जंगलमा रुखबाट खसेका हुन्।

कमेन्ट लोड गर्नुस