सुदूर नेपाललाई विश्वसँग जोड्दै

पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग सञ्चालन

२०८२ असार २८, ०४:४१ खबर संवाददाता

बैतडी : पहिरोले अवरुद्ध बनेको बैतडीको खोड्पे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग सञ्चालनमा आएको छ।

बैतडीको नाचन्थली नजिक सडकमाथिबाट पहिरो खस्दा आज बिहान ९ बजेदेखि राजमार्ग अवरुद्ध बनेको थियो।

सडक डिभिजन कार्यालय पाटनको डोजरको सहायताले पहिरो पन्छ्याएपछि दिउँसो ३ बजेदेख सडक पूर्णरूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक बलाराम पाण्डेयले बताए। पहिरो पन्छ्याएसँगै अहिले रोकिएका सबै सवारीसाधन आ–आफ्नो गन्तव्यतर्फ लागेका छन्।

 

कमेन्ट लोड गर्नुस