सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा प्रधानमन्त्री सहित चार जनाको पुत्ला दहन

२०७६ साउन ३, ०६:३६

लोक सेवा आयोगको विज्ञापन विरुद्ध धनगढी स्थित सुदूरपश्चिम प्रदेश सभाको गेटमा प्रधानमन्त्री केपी शर्मा ओली सहित चार जनाको पुत्ला दहन गरिएको छ। उनीहरूले प्रधामन्त्री ओली सहित गृहमन्त्री रामबहादुर थापा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र लोक सेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीको पुत्ला दहन गरेका हुन्। आदिवासी जनजाति, दलित, मुस्लिम लगायत सीमान्तकृत समुदायले ’आयोगको असमावेशी विज्ञापन खारेज गर, प्रधामन्त्री ओली, गृहमन्त्री थापा, मन्त्री लालबाबु पण्डित, आयोगका अध्यक्ष मैनाली राजीनामा दे, आरक्षण जिन्दावाद !’ भन्दै नाराबाजी गरेका थिए ।
आरक्षण बचाऊ आन्दोलन परिचालन समितिले संघीयताको मर्म विपरित प्रकाशित गरिएको लोक सेवा आयोगको असमावेशी विज्ञापन विरुद्ध संघर्षमा उत्रेको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस