सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा प्राज्ञिक विद्यार्थी परिषद्ले मनायो गुरुपूर्णिमा

२०८२ असार २६, ०८:०९ खबर संवाददाता

धनगढी : आज गुरुपूर्णिमा विशेष महत्वको साथ मनाइएको छ।   गुरुपूर्णिमालाई गुरु प्रति श्रद्धा-सम्मान व्यक्त गर्ने रुपमा मनाइन्छ, तर पछिल्लो समयमा विद्यार्थी र गुरु विचको दुरी वढ्दै जाँदा केही कम भएको पाइन्छ।

तर प्राज्ञिक विद्यार्थी परिषद् नेपाल धनगढी नगर इकाइले भने गुरुपूर्णिमालाई विशेष रुपमा मनाएको छ। विद्यार्थी परिषद्को एक महत्वपूर्ण दिन समेत रहेको गुरुपूर्णिमा धनगढीमा पनि मनाइएको नगर सह-सचिव लेखराज भट्टले जानकारी दिए।

धनगढीमा रहेका निजि, सामुदायिक विद्यालय र क्याम्पसहरुमा पुगेर मायाको चिनो प्रदान गर्दै गुरुहरु प्रतिको सम्मानको भावना व्यक्त गरेको विद्यार्थी परिषद्का राष्ट्रिय सचिव प्रेम बोहोराले जानकारी दिए। उनले भने शिक्षक र विद्यार्थीको पछिल्लो समयमा बढ्दै गएको दुरीलाई विद्यार्थी परिषद्ले नजिक बनाउने काम गरेको बताए। 

प्राज्ञिक विद्यार्थी परिषद्को समुहले आज धनगढीका निजी, सामुदायिक विद्यालय र क्याम्पसहरु गरी २० ठाउँमा पुगेर गुरुपूर्णिमा गुरुहरु सँगै बसेर मनाएको

कमेन्ट लोड गर्नुस