धनगढीका विद्यालयमा आँपका बोट वितरण

धनगढी: धनगढी उपमहानगरपालिकाले सामुदायिक विद्यालयहरूमा आँपका बोट वितरण गरेको छ।
गत वर्ष ४ हजार पाँच सय फलफूलका बिरुवा वितरण गरेकोमा यो वर्ष थप एक हजार पाँच सय बिरुवा वितरण गरिएको प्राविधिक सहायक केशवराज खत्रीले बताए।

यो वर्ष धनगढीका ४० सामुदायिक विद्यालयमा एक हजार बिरुवा आम्रपाली र पाँच सय बिरुवा दसहरी आँपको वितरण गरिएको हो।
घेर पर्खाल भएका सामुदायिक विद्यालयहरूमा फलफूलका बिरुवा वितरण गरिएको हो। विद्यार्थीहरूले नै बिरुवाको हेरचाह गरून् र फल्न थालेपछि उनीहरूले नै उपभोग पाउन भन्ने मनसायले उपमहानगरले गत वर्ष र यो वर्ष फलफूलका बिरुवा वितरण गरेको हो।

