सुदूर नेपाललाई विश्वसँग जोड्दै

बडीमालिका मन्दिर पुनर्निर्माण

२०८२ असार २६, ०४:१८ खबर संवाददाता

बाजुराः नेपाली सेनाले बडीमालिका मन्दिरको पुनर्निर्माण गरेको छ।

मल्लागिरी पर्वत क्षेत्रमा अवस्थित मन्दिर सेनाले २०८१ चैत २८ गते पुनर्निर्माण कार्य सुरु गरेको थियो। सेनाले करिब दुई महिनामा निर्माण सम्पन्न गरेको हो।

पुनर्निर्माण कार्य प्राचीन स्मारक संरक्षण ऐन, २०१३ (पाँचौँ संशोधन) को परिधिभित्र रही, पुरातत्त्व विभागको स्वीकृत डिजाइन र प्राविधिक सहयोगमा तथा परम्परागत निर्माण सामग्रीको प्रयोगसहित मन्दिरको मौलिक स्वरूप जोगाउँदै सम्पन्न गरिएको जनाइएको छ।

रक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, बडीमालिका नगरपालिका, त्रिवेणी नगरपालिका, मन्दिरका पुजारी नेत्रप्रसाद उपाध्याय, पुरातत्त्व विभाग, भक्तपुर–ललितपुरका दक्ष कालिगडहरू र स्थानीय समुदायको सहकार्यमा कठिन भूगोल, प्रतिकूल मौसम र ढुवानीको समस्याबिच समन्वयात्मक ढङ्गले कार्य सम्पन्न गरिएको नेपाली सेनाले जनाएको छ।

बडीमालिका सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक स्थल हो।

 

कमेन्ट लोड गर्नुस