सुदूर नेपाललाई विश्वसँग जोड्दै

केन्यामा पक्राउ परेका १२ जना नेपाली महिलाको उद्धार

। फोटो स्रोत ।
२०७६ साउन ३, ०५:२८

वैदेशिक रोजगारीको सिलसिलामा अफ्रिकी देश केन्यामा पुगेका १२ जना नेपाली महिलाहरुलाई नेपाल प्रहरीले उद्धार गरेको छ। ती महिलाहरु केन्यामा पक्राउ परेको भन्ने विभिन्न पत्रपत्रिका र सामाजिक सञ्जालमार्फत समाचार फैलिएपछि नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो,बबरमहलले ती महिलालाहरुको उद्धार गरेको हो।

केन्यास्थित गैरआवसीय राजनीतिक मिसन, दक्षिण अफ्रिकास्थित नेपाली दूतावास, ’डिरेक्टोरेट अफ क्रिमिनल इन्भेस्टिगेसन’, केन्या लगायत अन्य संघसंस्थाको सहकार्यमा बिहीबार अन्तर्रा्ष्ट्रिय आप्रवासी संस्थाको सहयोगमा उनीहरुलाई नेपाल ल्याइएको हो। उनीहरु विभिन्न मितिमा भारत हुँदै केन्या पुगेको खुल्न आएको र केन्याको मुम्बासा शहरस्थित रङगीला डान्सबारमा केन्या प्रहरीले छापा मारी बारसञ्चालक लगायत महिलाहरुलाई पक्राउ गरेको अवस्थामा उद्धार गरी नेपाल फर्काइएको थियो।

प्रारम्भिक अनुसन्धान पश्चात अन्तर्रा्ष्ट्रिय आप्रवासी संस्थाका प्रतिनिधिको रोहबरमा उनीहरुका आफन्तलाई शुक्रबार जिम्मा लगाइएको र यस सम्बन्धमा अन्य थप अनुसन्धान कार्य जारी रहेको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ।

कमेन्ट लोड गर्नुस