फोहोरमैला व्यवस्थापन : सुदूरपश्चिम प्रदेशका मुख्य सहरमा स्वच्छताको सम्भावना

लक्ष्मण प्रसाद जोशी : सुदूरपश्चिम प्रदेशका मुख्य सहरको रुपमा धनगढी, महेन्द्रनगर र अत्तरिया रहेका छन्, अझ अत्तरिया बजार यस प्रदेशको सम्पूर्ण पहाडी जिल्ला र तराई क्षेत्र जोडने मुख्य केन्द्रको रुपमा रहेको छ ।
माथि उल्लेखित क्षेत्रमा तिब्र रुपमा बढिरहेको सहरीकरण संगै सो क्षेत्रमा दैनिक उत्सर्जन हुने फोहोरमैलाको उचित व्यवस्थापन समेत चुनौतिको रुपमा रही भविष्यमा समेत रहन जाने देखिन्छ।नेपालका अन्य मुख्य सहर तथा बिश्वब्यापी रुपमै सहरीकरण संगै फोहोरमैलाको उचित व्यवस्थापन चुनौतीको रुपमा रहे संगै सहरको सौन्दर्यता र सो शहरको परिचयमा समेत असर परेको देखिन्छ। फोहोरमैलाको उचित व्यवस्थापन नहुँदा सरुवा रोगको संक्रमण, माटो तथा पानीका स्रोतहरु प्रदूषण हुने, अन्य जीवजन्तुमा असर पर्ने र दुर्गन्ध फैलन जाने हुन्छ ।फोहोरमैलाको उचित व्यवस्थापन हुँदा सो क्षेत्रको परिचय नै फेरिन गइ स्वच्छ, सफा वातावरणमा बाच्न पाउने सम्पूर्ण प्राणीको संवैधानिकहक समेत स्थापित हुन जान्छ ।

सुदुरपश्चिमका तिब्र सहरीकरणमा रहेका मुख्य सहरहरुमा एसियाली विकाश बैंकको सहुलियत पूर्ण ऋण सहयोगमा सहरी बिकाश मन्त्रालय अन्तर्गत रहेको क्षेत्रिय सहरी बिकाशआयोजना मार्फत धनगढी, गोदावरी र शुक्लाफाँटा नगरपालिकामा एकीकृत फोहोरमैला ब्यबस्था केन्द्र तथा लेदो जन्य फोहोरमैला व्यवस्थापन प्रणालीको निर्माण तथा संचालनको कार्यक्रमहाल संचालनमा रहेको छ, जस अन्तर्गत गोदावरी नगरपालिकामा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण भइ हालै वातावरण दिवस ९ व्गलभ, छ०को अवसरमा संचालनमा आएको छ भने धनगढी र शुक्लाफाँटा नगरपालिकामा आयोजना निर्माणको अन्तिम चरणमा रहेका छन् । तिब्र सहरीकरणमा रहेका क्षेत्रमा यस किसिमका आयोजना निर्माणले आगामी दिनमा स्वच्छ, सफा र ब्यबस्थित सहरको कल्पना लाइ टेवा पुर्याउनेछ।
धनगढ़ी, गोदावरी र शुक्लाफाँटा नगर क्षेत्रमा यस आयोजनामार्फत फोहोरमैलाको उचित व्यवस्थापन हुँदा देशका अन्य नगर र क्षेत्रलेसमेत सिक्ने र लागु गर्ने अवसर प्राप्त गरि देशका अन्य क्षेत्र समेत स्वच्छ, सफा र ब्यबस्थित सहर निर्माणमा इट्टा थप्ने कुरामा सुनिश्चितता प्रदान गर्नेछ, जसले नेपालमा प्रचुर सम्भावना रहेको पर्यटन क्षेत्रलाई समेत टेवा पुग्नेछ ।
.gif)
क्षेत्रिय सहरी बिकाश आयोजना मार्फत धनगढी, गोदाबरी र शुक्लाफाँटा नगरपालिकामा एकीकृत फोहोरमैला ब्यबस्था केन्द्र तथा लेदोजन्य फोहोरमैला व्यवस्थापन प्रणालीको निर्माण कार्यले सो क्षेत्रको करिब ३० वर्ष सम्म अवधिको फोहोरमैला व्यवस्थापन गर्नेछ,सो आयोजनाहरु पहुँच सडक सहितको निर्माण भएका छन् ।


यस आयोजनाको अर्को राम्रो पक्ष भनेको आयोजना निर्माणको २ वर्ष र थप ३ वर्ष निर्माण कम्पनीलेनै संचालन गर्नेछ , सो अवधिमा सम्बन्धित नगरपालिकाको जनशक्तिलाइ दक्ष बनाइ आयोजना नगरपालिकालाइ हस्तान्तरण हुनेछ,जसले गर्दा आयोजनाको उदेश्य अनुरुप फोहोरमैला व्यवस्थापन भई सोहीअनुरुपको ज्ञान र सिप बिस्तारमा मद्दत पुग्नेछ ।
एकीकृतफोहोरमैलाव्यवस्थापनमा नगर क्षेत्रभित्रदैनिकउत्सर्जनहुनेठोस फोहोरमैलाकोब्यबस्थितव्यवस्थापन हुनेछ,जसअन्तर्गतफोहोरकोसंकलनगरिगाडीमाढुवानीगर्ने, फोहोरमैलाकेलाउने, छुट्याउनेकुहिनेफोहोरकोकम्पोस्टिङ, पुनःप्रयोगयोग्यवस्तुकोपुनःचक्रीयप्रयोगरबाँकिरहेको वस्तु ९क्ष्लभचतःबतभचष्ब०ि लाई तहलगाउनेसम्बन्धिकार्यपर्दछन।
त्यसैगरि लेदोजन्यपदार्थप्रशोधनप्रणालीलेनगर क्षेत्रभित्रफोहोरकोसंकलनगरेपछिआधुनिक किसिमको बन्दगाडीमाढुवानीगरी फिकल स्लजकोउचितएबंविभिन्नचरणकोप्रशोधनगरिकम्पोस्टमलतयारगरिनेछ। आयोजनाले मल बिक्रिबाट अतिरिक्त आर्थिक उपार्जन गरि स्थानीय स्तरमा मलको उपलब्धता समेत बढ्न जानेछ । साथै यस आयोजनाको निर्माणले हाल नदी, खोला, बाँझो जमिन र वन क्षेत्रमा भईरहेको ९अ०(व्यवस्थापन लाई बन्द गर्न सहयोग पुर्याउने छ ।
यस आयोजनाले स्थानीयस्तरमा पुर्बाधार, तथा सामाजिक सेवाको विकाशमा मदत पुर्याउने छ। आयोजना संचालनकोक्रममा फोहोरमैला संकलन, आयोजना स्थलमा फोहोर व्यवस्थापन सम्मको निम्ति जनशक्तिको आवस्यकता हुनेहुदारोजगारीको अवसर सृजना हुँने र स्थानीयले समेत रोजगारी प्राप्त गर्नेछन जसले गर्दा आयोजना संग सम्बन्धित मानव जनशक्तिलाई सिप बिकाशको समेत अवसर प्राप्त हुनेछ। निजिसार्वजनिक साझेदारीको माध्यमबाटनगर क्षेत्रको फोहोर संकलन देखिव्यबस्थितव्यवस्थापनमा समेत सहयोग पुग्नगइ आयोजनाको दीर्घकालीन भबिस्यको समेत सुनिश्चितता प्राप्त हुनेछ।
आयोजनाको आयु समाप्ति पछि सो क्षेत्रलाई खेलकुद मैदान, पार्क वा बगैचाको रुपमा विकाश गरि आर्थिक उपार्जन समेत गर्न सकिनेछ ।
साथै यस आयोजनालाइ प्रत्यक्ष रुपमा सम्बन्धित नगरपालिकाले मात्रै उपभोग नगरी नजिकै रहेका अन्य नगरले समेत आपसी समन्वयमा फोहोरमैला व्यवस्थापन गर्न सक्ने विकल्प रुपमा हेर्न सकिन्छ । जसले गर्दा अन्य छिमेकी नगरको समेत फोहोरमैला व्यवस्थापन भइ सम्बधित फोहोरमैला केन्द्र रहेका नगरको आर्थिक स्रोत समेत वृद्धि हुने देखिन्छ ।
फोहोरमैला व्यवस्थापन नितान्त रुपमा मानिसको चेतना स्तर र हातेमालोको कुरा हो फोहोरमैलाको उचित व्यवस्थापन जहाँ फोहोरमैला उत्सर्जन हुन्छ त्यहि बाट सुरु हुनु पर्दछ , हामीले उत्पादन गरेको फोहोरमैला लाइ वर्गीकरण ९क्यगचअभक्भनचभनबतष्यल० गरि कुहिने, नकुहिने र र खतरा जन्य छुट्टयाइ फोहोरमैलाको उचित व्यवस्थापन गर्दा आर्थिक उपार्जन सहित फोहोरमैला व्यवस्थापन केन्द्रको आयु लम्ब्याउनमा समेत सहयोग पुग्न जान्छ , सो को निमित्त हरेक टोल( टोलमा फोहोरमैला सम्बन्धि जनचेतना अभिवृद्धिमुलक कार्यक्रमहरुको आवस्यकता पर्न जान्छ जुन हाल धनगढी उपमहानगरपालिका लगायतले आफ्नो नगर क्षेत्रमा गरिरहेका छन्,जसलाई थप प्राथमिकताका साथ अझै प्रभावकारी बनाउन जरुरि छ ।
नगर क्षेत्रमा दैनिक उत्सर्जन हुने फोहोरमैलाको वर्गीकरण गरि आर्थिक स्रोत समेत वृद्धि गर्न सकिन्छ भन्ने उदाहरण धनगढी उपमहानगरपालिकाले प्रमाणित गरिसकेको छ , जसलाई अझ परिस्कृत गरि अन्य नगरले पनि अनुशरण गरि फोहोरमैलाको उचित बर्गिकरण अनुरुपको व्यवस्थापन संगै थप आर्थिक स्रोतको समेत व्यवस्थापन हुन जान्छ ।स्रोतबाटै फोहोरमैलाको बर्गिकरण भै व्यवस्थापन केन्द्रमा पुग्दा हाल बन्चरे डाँडा र सिसडोलमा देखिएको फोहोरमेलाको वर्गीकरण नभई व्यवस्थापन हुँदा आयोजना अनुमानित आयु भन्दा पहिले नै भरिनजाने सम्भावनाकम हुन जान्छ, सोहि अनुरुपको पाठ सिकेर सो किसिमको समस्या आउन नदिन उपयुक्त योजना तयार गरि बेलैमा पूर्व तयारी साथफोहोरमैला व्यवस्थापन गर्दा आयोजनाको उदेश्य समेत पुरा हुने र नया उदाहरणीय व्यवस्थापन केन्द बनाउन मद्दत पुग्न जानेछ ।
तसर्थ नगर क्षेत्रमा दैनिक उत्सर्जन हुने फोहोरमैलाको व्यवस्थित ब्यबस्थापनको निमित्त निर्माण भएको फोहोरमैला व्यवस्थापन केन्द्र मार्फत फोहोरमैलाको उचित व्यवस्थापनमा सहयोग गरि स्वच्छ, सफा र ब्यबस्थित सहर निर्माण भै सङ्क्रमणजन्य रोगमा समेत कमि आई सहरको सौन्दर्यतामा समेत अभिबृद्धि भै सुन्दर सुदुरपश्चिमको नारालाई समेत यथार्थ पूर्ण र थप ब्यबहारिक बनाउन तथा यस प्रदेशका मुख्य सहरलाई सफा र स्वच्छ राखी स्थानीय पर्यटन सम्बन्धि गतिविधिमा समेत टेवा पुर्याउन मद्दत पुग्नेछ ।
लेखक पेशाले वातावरणविद तथा आयोजना ( रामर्शदाताको पूर्व कर्मचारी हुन)