सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

२०८२ असार २६, १०:१० खबर संवाददाता

धनगढीः कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

कैलालीको धनगढी उपमहानगरपालिका–३ शिसा पोष्ट नजिक र टीकापुर नगरपालिका–७ बिष्णुकान्ति चोक नजिक भित्रि सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ लाख ४५ हजार ७ सय बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

भन्सार छलीका सुर्ती, कुर्ती, कट्टु, कुर्ता सुरवाल, प्लाष्टिक झिल्ली लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

यस्तै कञ्चनपुरको बेलौरी नगरपालिका–४ बेलौरीबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २२ हजार ९ सय बराबरको सुटपिस, पर्दा, तन्ना लगायतका सामान इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।   
                 

कमेन्ट लोड गर्नुस