सुदूर नेपाललाई विश्वसँग जोड्दै

किर्ते मुद्दामा फरार धनगढीका २ जना पक्राउ

२०८२ असार २४, १०:५४ खबर संवाददाता

धनगढीः किर्ते मुद्दामा फरार धनगढीका २ जना पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको फैसलाले अन्य सरकारी वा सार्वजनिक लिखित किर्ते मुद्दामा ९ महिना कैद सजाय १० हजार जरिवाना तोकिएको धनगढी उपमहानगरपालिका-१६ बेहेडाबाबा बस्ने २२ वर्षीय सुन्दर चौधरी र सोही मुद्दामा २५ हजार जरिवाना तोकिएको सोही ठाउँ वस्ने २९ वर्षीय राम मिलन चौधरी पक्राउ परेका छन्। दुबै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरुकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस