कञ्चनपुरमा जंगली हात्ती गाँउमा पस्दा ३० हजार बराबरको क्षती
कञ्चनपुरः कञ्चनपुरमा जंगली हात्ती गाँउमा पस्दा ३० हजार बराबरको क्षती भएको छ।
भीमदत्त नगरपालिका-१५ कालिका टोलमा जंगली हात्ती गाँउमा पसि सोही ठाउँ बस्ने बिमला बिष्टको ईटाले बनेको टिनले छाएको भन्सा घरमा क्षती पु–याएको प्रहरीले जनाएको छ। उक्त भान्साघर भित्र रहेको धान, गँहु, आटा र अन्य समान गरी ३० हजार बराबरको क्षती गरेको अस्थायी प्रहरी बिट पुष्पलालचोक कञ्चनपुरले जनाएको छ। अन्य मानविय चौपाया क्षती केहि नभएको प्रहरीले बताएको छ।