सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश एकमा किसानलाई साढे ७ करोड बराबरको कृषि औजार वितरण

। फोटो स्रोत ।
२०७६ साउन ३, ०१:५५

कृषि विकास निर्देशनालय प्रदेश नं. १ विराटनगरले एक हजार एक सय ६१ किसानहरूलाई ७ करोड ६० लाख ९३ हजार ५ सय २५ रुपैया बराबरको कृषि औजार सामाग्री वितरण गरेको छ। कृषि यान्त्रिकिकरण कार्यक्रम मार्फत किसानहरुलाइ विभिन्न औजार वितरण गरिएको कृषि विकास निर्देशनालयले जनाएको छ। प्रदेश भित्रका ११ वटा कृषि ज्ञान केन्द्रहरु मार्फत पावर टेलर, मकै छोडाउने मेसिन, रोटाभेटर, क्याजहर्वाल, कनेकटर, पेडि थ्रेसर, मिनि टिलर, धान काट्ने मेसिन, स्पेयर, ब्रस कटर र मल्टी क्रप थ्रेसर लगायतका  सामाग्री बितरण गरिएको कृषि निर्देशनालय विराटनगरका कृषि प्रसार अधिकृत हृदयराम पोखरेलले जानकारी दिए। 

पोखरेलका अनुसार ताप्लेजुङ जिल्लामा पारस गुरागाइ, बेनु प्रसाद भारती र हरि प्रसाद भट्टराई लगाएत १३ जना किसानलाई कृषि औजार दिएको छ। पाँचथरमा टिकानाथ दाहाल, दिनानाथ पौडेल लगाएत ७४ जना किसानलाई कृषि अनुदान बापत औजार बितरण गरिएको छ। यस्तै इलाममा धोन ध्वज लिम्बू, उजुर बहादुर प्रधान, गोपाल रानामगर लगाएत ६६ जना किसानलाई कृषि औजार प्रदान गरेको छ। 

यस्तै उदयपुरमा राम बहादुर हमाल, खेमराज गौतम, शंखर राई लगाएत ४१ जना किसानले कृषि औजार पाएका छन्। उता सोलुखुम्बु जिल्लामा माङफुर्वा लामा, हाइल्याण्ड आधुनिक कृषि फर्म, ग्याल्जेन शेर्पा लगाएत ३८ जना किसान कृषि औजार सामाग्री पाएका छन्। ओखलढुंगामा राधिका गौतम, टेक बहादुर मगर, अष्ट बहादुर राई लगाएत ४७ जना किसानले कृषि औजार सामग्री पाएका छन।

यस्तै खोटाङमा अम्बर बहादुर लाबती, ग्यानेन्द्र सम्बाहाम्फे, केसव घिमिरे लगाएत ७६ जना किसानले कृषि औजार लिएका छन्। भोजपुर जिल्लामा फडिन्द्र राई, शारदा मोचे, पदम लिङ्देन लगाएत ९८ जन किसानले सो सामाग्री पाएका छन्। संखुवासभा जिल्लामा डिल्ली दाहाल, सुबास चौलागाईं, राम राई लगाएत एक सय ६ जना किसानले कृषि औजार पाएका छन् भने तेह्रथुम जिल्लामा श्याम दनुवार, मनोज लिम्बू, मदन राई लगाएत एक सय ३ जनाले कृषि औजार सामग्री पाएका छन्। 

यस्तै धनकुटा जिल्लामा भोटे मगर,मनिराम राई, सन्दिप बिक लगाएत एक सय ६ जना किसानले सो सामाग्री पाएका छन्। झापा जिल्लामा रुकमिणी बराल, राजेन्द्र सिटौला, सेती गुराँस कृषि सहकारी संस्था लिमिटेड लगाएत १ सय जना किसानले कृषि औजार पाएका छन्। यस्तै कृषि यान्त्रिकिकरण कार्यक्रम मार्फत सबै भन्दा बढी सुनसरी जिल्लाका किसानले पाएका छन्। सुनसरी मा मित्र बहादुर कटुवाल, धनमाया तामाङ, भक्त बहादुर राई गणेश गुरुङ लगाएत १ सय ७९ जना किसानले कृषि औजार पाएका छन भने यता मोरङमा पनि अरु जिल्लाको तुलनामा बढी किसानले अनुदान पाएका छन्। मोरङमा प्रेम बहादुर महत, दल बहादुर महत, दिवस खड्का लगाएत एक सय १४ जनाले कृषि यान्त्रिकीकरण अनुदान बापतको कृषि औजार पाएका छन्।

पछिल्लो समयमा वैदेशिक रोजगारका लागि नेपाली युवा युवतीहरु बिदेशिने भएकाले खेतीपाती गर्नका लागि गाउघरमा मजदुर हरुपनी नपाइने भएकाले किसानलाई सजिलोसँग खेती गर्न र बालिनाली भित्र्याउन सकुन भन्ने उधेश्यले सरकारले कृषि यान्त्रिकिकरण कार्यक्रम मार्फत प्रदेश एक अन्तर्गत १४ जिल्लामा कृषि औजार बितरण गरीएको हो। सो रकम प्रदेश १ का ११ वटा ज्ञानकेन्द्र मार्फत किसानका बैंक खाता जम्मा गरिदिएको पोरखरेलले बताए।

कमेन्ट लोड गर्नुस