सुदूर नेपाललाई विश्वसँग जोड्दै

लागूऔषध मुद्दामा फरार धनगढीका एक किशोर पक्राउ

२०८२ असार २३, ०८:०६ खबर संवाददाता

धनगढीः लागूऔषध मुद्दामा फरार धनगढीका एक किशोर पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा २ महिना कैद सजाय र ३ हजार जरिवाना तोकिएको कैलालीको धनगढी उपमहानगरपालिका–१० जुगेडा बस्ने १८ वर्षीय किशोर पक्राउ परेका हुन्। किशोरलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले आइतवार धनगढी उपमहानगरपालिका–१ अदालत रोडबाट पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस