सुदूर नेपाललाई विश्वसँग जोड्दै

विप्लवले भन्यो –धनगढी विस्फोटमा ज्यान गुमाउने आफ्नै कार्यकर्ता

२०७६ साउन ३, ०१:१५ खबर संवाददाता

बिहीबार साँझ धनगढीमा भएको बम विस्फोटमा परी उपचारका क्रममा ज्यान गुमाउने राम बहादुर सिंह आफ्नो कार्यकर्ता भएको विप्लव समूहले पुष्टि गरेको छ। विप्लव समूहको सेती–महाकाली ब्यूरो इञ्चार्ज निर्माणले विज्ञप्ति जारी गर्दै पार्टी कामको सिलसिलामा आत्म सुरक्षाका लागि बोकेको विष्फोटक पदार्थ पड्किएको जनाएको हो। जारी विज्ञप्तीमा पार्टी कामको सिलसिलामा आत्म सुरक्षाका लागि बोकेको विस्फोटक पदार्थ विस्फोट हुँदा  रामबहादुर सिंह ‘राजेश’ ले सहादत प्राप्त गरेको उल्लेख गरिएको छ। सिहको गएराती उपचारका क्रममा मायामेट्रो अस्पतालमै मृत्यु भएको थियो। 

यस्तै उक्त घटनामा घाईते भएका अन्य चार जनाको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ। घटनामा परी कञ्चनपुरको बेलौरी–५ का लक्ष्मण सेरला, मोबिन खान, जितेन्द्र यादव र केशवराज पाण्डेको स्थानीय माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले सेरला पनि  विप्लव समूहकै कार्यकर्ता भएको आशंका गरेपनि विप्लव समूहले भने उनीबारे केही बोलेको छैन्। 

कमेन्ट लोड गर्नुस