एसईईमा ३.९६ जिपिए ल्याउने ठगुन्नालाई कम्प्युटर उपहार

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका–१ मा रहेको हिलवल्र्ड ईङ्गलिस बोर्डिङ स्कुलले बधाई, सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ।
एसईई २०८१ को परीक्षामा धनगढीमै उत्कृष्ट नतिजा आएपछि विद्यालयले उत्साहित हुँदै विद्यार्थी, अभिभावक र शिक्षकहरूका लागि बधाई, सम्मान तथा उत्प्रेरणा कार्यक्रम राखेको हो। विद्यालयबाट जम्मा २१ जनाले एसईई परीक्षा दिएकोमा ३.९६ जिपिए ल्याउँदै स्नेहा ठगुन्ना प्रथम भएकी हुन्। उनले कक्षा नर्सरी देखि १० सम्म हिलवल्र्डमा नै अध्ययन गरेकी हुन्। यस्तै ३.६७ जिपिए ल्याएर संगिता चन्द दोश्रो र ३.६४ जिपिए ल्याएर सोनिया उपाध्याय तेश्रो भएकी हुन्। अन्य बाँकी विद्यार्थीहरुले ए र बी ग्रेड नै ल्याएर उत्तीर्ण भएको विद्यालयका प्रिन्सिपल डिआर शर्माले जानकारी दिए। विद्यालयले उत्कृष्ट नतिजा ल्याउनमा अभिभाकहरुको भूमिका पनि रहेको शर्माले बताए।
उत्कृष्ट भएकी ठगुन्नालाई डेस्कटप कम्प्युटर मायाको चिनो (उपहार) दिएर खादा र कदरपत्र दिएर सम्मान गरेको हो। ठगुन्नाले कार्यक्रममा आफ्नो धारण राख्दै आफ्नो उत्कृष्ट नतिजा आउनुमा शिक्षक र अभिभाक ज्युको उत्प्रेरणा रहेको उल्लेख गरिन् । यस्तै दोश्रो र तेश्रो हुनेलाई साईकल मायाको चिनो दिएर खादा र कदरपत्र दिएर विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष भोजबहादुर वम लगायतका व्यक्तिहरुले सम्मान गरेका हुन् । अन्य विद्यार्थीहरुलाई खादा र कदरपत्र दिएर सम्मान गरेको हो।
कार्यक्रममा अध्यक्ष वमले कैलालीको शिक्षामा हिलवल्र्डको उल्लेखीए भूमिका रहेको बताए। २०८१ सालको एसईईमा उत्कृष्ट नतिजा राम्रो ल्याउनमा विद्यालयको मात्र नभएर शिक्षक र अभिभावकहरुको भूमिका रहेको बताए। उनले विद्यार्थीको भविष्यका लागि विद्यालय परिवार जहिले पनि चिन्तनशिल भएको बताउँदै अभिभाकहरुलाई आफ्नो नानीबाबुको विशेष ख्याल गर्न अनुरोध गरे।
विद्यालयका शिक्षक खडक विश्वकर्माले स्वागत मन्तव्य राखेको कार्यक्रममा शिक्षक उदयप्रताप सिंह, एसईईमा दोश्रो हुने संगिता चन्दले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थीहरु र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो।



