सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा अनियमित विद्युत कटौती, प्राधिकरण भन्छ समस्या थाहा छैन्

२०७६ साउन ३, १२:२० खबर संवाददाता

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढीका स्थानीय अनियमित विद्युत कटौतीको मारबाट छुटकरा पाउन सकेका छैनन्। देशलाई नै लोडसेडिङ मुक्त घोषणा गरिएपनि धनगढीबासीले भने दैनिक रुपमा भइरहेको अनियमित विद्युत कटौतीको मारमा परेका छन्।

पछिल्लो केही दिन यता विद्युत आउने जाने समस्याले हैरान बनाएको धनगढी तारानगरका जयराज ओझाले गुनासो गरे। ओझाले एक हप्तादेखि अनियमित विद्युत कटौती भइरहेपनि सम्बन्धीत निकायले वेवास्ता गरेको आरोप लगाए।

उनले दैनिक घण्टौँ हुने विद्युत कटौतीका विषयमा जानकारी लिन खोज्दा प्राधिकरणको धनगढी वितरण केन्द्र स्थित नो लाईटमा सम्पर्क गर्दा रिस्पोन्स नै नहुने गरेको बताए। ओझाले नो लाईट सेवामा पटक–पटक टेलिफोन गर्दा समेत कर्मचारीले नउठाउने गरेको जनाए। विद्युत आउने जाने समस्याले विद्युतीय उपकरणमा समेत क्षती हुने गरेको गुनासो गरिएको छ। 

यता नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले केही दिन यता अनियमित विद्युत कटौती भईरहेपनि त्यसको कारण के हो भन्ने विषयमा जानकारी नभएको दावी गरेको छ। धनगढी वितरण केन्द्रका प्रमुख धिरेन्द्र कुमार यादवले विद्युत कटौती भएपनि समस्या पहिचान हुन नसकेको बताएका छन्।

उनले कुनै न कुनै प्राविधिक समस्याले विद्युत आउने जाने भएपनि यकिन हुन नसक्दा समस्या भइरहेको दावी गरे। तर सिस्टमकै समस्याले विद्युत कटौती भइरहेको उनी बताउछन्। यादवले धनगढी क्षेत्रमा विद्युत लाईन मर्मत सम्भारको काम समेत नरहेको बताए तर नो लाईट सेवाबाट ग्राहाकलाई रिस्पोन्स नगरेको आरोप गलत भएको उनले बताए। अनियमित विद्युत कटौतीले सर्वसाधारणलाई सास्ती हुनुका साथै यस क्षेत्रको उद्योग व्यवसाय समेत प्रभावित भएको छ। 
 

 

कमेन्ट लोड गर्नुस