सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७० पछि पहिलो पटक, धनगढीमा १२ वर्षको कीर्तिमानी वर्षा

तस्बिर : जगत साउँद
तस्बिर : जगत साउँद
२०८२ असार १८, ०७:१५ नारायण अवस्थी

धनगढीः धनगढीमा १२ वर्षपछिको सबैभन्दा ठूलो वर्षा भएको छ। २०७० साउन २ गतेपछिको सबैभन्दा ठूलो वर्षा २०८२ असार १६ गते भएको हो।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाले २०८२ आसार १६ गते १२ वर्षयताकै सबैभन्दा बढी वर्षा भएको जनाएको छ।

वेसिन कार्यालयका प्रमुख सञ्जयकुमार साहले धनगढी र आसपासका क्षेत्रमा २०६० सालयता चार पटक ठूलो वर्षा भएको बताए। उनले भने, “२०६० भदौ २ गते धनगढी र आसपासका क्षेत्रमा २६५ मिलिमिटर पानी परेको थियो भने २०६६ भदौ २ गते २६९ दशमलव ४ मिलिमिटर पानी परेको थियो।” प्रमुख साहले २०७० साउन ४ गते २९० दशमलव ९ मिलिमिटर पानी परेको तथा १२ वर्षपछि गएको असार १६ गते २१२ मिलिमिटर वर्षा भएको बताए। यो तथ्याङ्क २४ घण्टाभित्र भएको वर्षाको आधारमा रेकर्ड गरिएको साहले बताए।

२०६० सालमा भारी वर्षा भएको ६ वर्षपछि अर्थात् २०६६ भदौ २ गते धनगढीमा ठूलो वर्षा भएको इतिहास छ भने २०६६ पछि २०७० साउन ४ गते चार वर्षपछि भारी वर्षा भएको तथ्याङ्क छ। यो वर्ष भने १२ वर्षपछि मनसुनको सुरूवाती दिनमै धनगढी र आसपासको क्षेत्रमा भारी वर्षा भएको रेकर्ड गरिएको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाले जनाएको छ।

 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस