सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा मोटरसाईकल दुर्घटनामा वडा अध्यक्षको मृत्यु

२०७६ साउन २, ०७:१८ खबर संवाददाता

दुई मोटरसाईकल एकआपसमा ठोक्किदा बैतडीको सुर्नायाका गाउँपालिका वडा नम्वर १ का अध्यक्ष कलशवहादुर चन्दको मृत्यु भएको छ। गाउँपालिकाको वडा नम्वर १ का अध्यक्ष चन्द सवार से १ प ११ १४ नम्वरको मोटरसाईलक र म २ प ६६ ३३ नम्वरको मोटरसाईकल एकआपसमा ठोक्किदा अध्यक्ष चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। अर्को मोटरसाईकलका चालक चन्द्रसिंह ऐर भने सामान्य घाईते भएको र उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस