विपद ब्यवस्थापन र जोखिम न्यूनीकरणका लागि प्रशिक्षण
२०७६ साउन २, ०७:०५
धनगढी–विपद ब्यवस्थापन तथा जोखिम न्यूनीकरण सम्बन्धी दुइ दिने प्रशिक्षण तालिम सम्पन्न भएको छ। दारी ग्याङ्ग धनगढीको आयोजना र रेडक्रस सोसाइटी कैलालीको सहकार्य भएको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो। बाढि, पहिरो लगायत विभिन्न किसिमका प्राकृतिक प्रकोपमा उद्दार तथा सहयोगको लागि दारी ग्याङ धनगढीको विपद् व्यवस्थापन तथा सहयोग टिम निर्माण गरि जुनसुकै बेला पनि खट्ने उदेश्यका साथ तालिम प्रदान गरिएको हो।
कमेन्ट लोड गर्नुस