दुव्र्यवहार गर्नेविरुद्ध साइबर ब्युरो पुगिन एलिना
काठमाडौँ : गायिका एलिना चौहानले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन्।
सामाजिक सञ्जालमा असभ्य र अशिष्ट व्यवहार गर्ने चार जना विरुद्ध उजुरी दिएको एलिनाले बताएकी छन।
केही दिनयता गायिकाद्वय समीक्षा अधिकारी र एलिनाले सामाजिक सञ्जालमा आफूहरूको चरित्र हत्या गर्नेहरूको अकाउन्ट फेसबुकमार्फत सार्वजनिक गर्ने अभियान चलाइरहेका छन्। त्यसरी सार्वजनिक गरिरहँदा धेरैजसोले माफीसमेत मागेका छन्। तर कतिपय भने झन् हौसँदै एलिनाहरूमाथि गाली गलौज गर्न रोकिएनन्। एलिनाले आफ्ना निर्धारित कार्यक्रम स्थगित गर्दै केही कार्यक्रमको मिति सारेकी छन्।