सुदूर नेपाललाई विश्वसँग जोड्दै

हरैया शिविरमा जारी गुन्डाराज बारे मुख्यमन्त्रीले भने–जानकारी नै छैन्

२०७६ साउन २, ०६:५३ कमल सावद

गत सोमबार हरैया सुकुमबासी शिविरका केहि ब्यक्ती धनगढी आएर सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई भेटे। मुख्यमन्त्री भट्टलाई उनीहरुले द्धन्द्धकाल देखि बसोबास गर्दै आएकाले उचित ब्यवस्थापन बिना हरैया शिविरकाबाट हटाउन बल प्रयोग भईरहेकाले नियन्त्रणको माग गरे। समस्या समाधानका लागि सुकुम्वासी परिवारले मुख्यमन्त्रीलाई नै भेटेर ज्ञापन बुझाएपनि अहिले सम्म हरैयामा भईरहेको ज्यादती समेत नरोकिएको हो। ठुलो आर्थिक चलखेल भएका कारण कानूनलाई हातमा लिएर गुन्डाराज चलिरहेपनि प्रदेश सरकार र प्रहरी प्रशासन तैचुप–मैचुपको अवस्थामा छन्। जस्ले गर्दा कतै प्रदेश सरकारकै मिलोमतोमा शिविरमा गुन्डाराज चलिरहेको त होईन भन्ने आशंका बढेको छ। कानून हातमा लिएर भाडाका गुन्डाहरु दैनिक शिविरमा आतंक मच्चाई रहेपनि प्रदेश सरकारले वेवास्ता गरेपछि कतै प्रदेश सरकारकै मिलोमतोमा त ज्यादती भएको होइन भन्ने आशंका पनि व्यक्त गरिएको छ। 
हरैया शिविरमा बसोबास गर्दै आएकी सञ्जु चौधरीले मुख्यमन्त्री त्रिलोचन भट्टलाई भेटेर निवेदन गरेको बताइन्। तर मुख्यमन्त्री भट्टलाई विहिवार दिनेश खवरले प्रतिक्रीया माग्दा मुख्यमन्त्री भट्टले हरैया शिविरको बारेमा आफुलाई कुनै जानकारी नै नभएको बताए। मुख्यमन्त्रीलाई भेटेरै समस्या समाधानका लागि आग्रह गर्दा पनि मुख्यमन्त्रीले सो विषयमा अनभिज्ञता प्कट गरेपछि सुकुम्बासी बस्तीमा प्रदेश सरकार भएको अनुभुती समेत हुन सकेको छैन्। 
शिविरका स्थानीयले कैलालीका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालय कैलालीमा पनि बर्षातको समयमा कानुन हातमा लिएर भाडाका बाउन्सर प्रयोग गर्दै घर भत्काउने, जलाउने र कुटपिट गर्ने कार्य भईरहेकाले नियन्त्रणका लागि माग गरेका थिए। राजनीतिक आडमा भाडाका बाउन्सर लगाएर कैलालीको हरैया शिविरमा ज्यादती भईरहेपनि प्रदेश सरकारसंगै स्थानीय प्रशासन पनि निरिह देखिएको अहिले शिविरमा गुन्डागर्दी चलिरहेको छ। 
यस्तै केही दलहरुले हरैयामा भईरहेको गुन्डाराज रोक्न माग गर्दै विज्ञप्ती निकालेका छन्। प्रमुख प्रतिपक्षी दल कांग्रेसले भने सात दिनपछि मुख खोलेको छ। काग्रेसका प्रदेशसभा सदस्य भरत खड्काले हरैयामा भईरहेको ज्यादतीका विषयमा प्रदेश सभाको बैठकमा सरकारको ध्यानाकर्षण गराए। विहिबार देखि गुन्डागर्दी शैलीमा सुरु भएको टहरा भत्काउने अभियान अहिले पनि जारी राखिएको छ। दैनिक २५ बढि बाउन्सरहरु हरैया शिविरमा बस्ती भत्काउन प्रयोग हुँदै आएका छन्। 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस