सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको जेसीज एभरेष्टका जस्टिन चन्दले ल्याए एसईईमा ४ जिपिए

२०८२ असार १६, ०८:०६ खबर संवाददाता

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीमा रहेको जेसीज एभरेष्ट माध्यमिक विद्यालयका छात्र जस्टिन चन्दले एसईई परीक्षा २०८१ मा ४.० जिपिए ल्याएर विद्यालयमा उत्कृष्ट भएका छन्।

विद्यालयका उप–प्राचार्य दिपकबहादुर साउदका अनुसार यस वर्ष विद्यालयबाट सहभागी विद्यार्थीहरूमध्ये १७ जनाले ३.६ देखि ४.० जिपिए, २५ जनाले ३.२ देखि ३.६, २७ जनाले २.८ देखि ३.२ र ८ जनाले २.४ देखि २.८ जिपिए ल्याएका छन्। २०३९ सालमा स्थापना भएको विद्यालय २०६१ सालदेखि सार्वजनिक शैक्षिक गुठी अन्तर्गत सञ्चालनमा रहेको छ। विद्यालयले २०५१ सालदेखि एसएलसी परीक्षामा सहभागिता जनाउँदै उत्कृष्ट नतिजा ल्याउँदै इतिहास बोकेको छ।

कमेन्ट लोड गर्नुस