सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य मन्त्रालयका तीन वटै विभागका महानिर्देशकसँग एक वर्षको कार्यसम्पादन करार सम्झौता

। फोटो स्रोत ।
२०७६ साउन २, ०६:१२

स्वास्थ्य सचिव रामप्रसाद थपलियाले स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशकसँग एक वर्षको कार्यसम्पादन करार सम्झौता गरेका छन्। मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले महानिर्देशकहरुले एक वर्ष्भित्र गर्ने कार्यसम्पादन करार भएको जानकारी दिए। उनले भने, ‘यस्तो सम्झौता मन्त्रीले सचिवसँग अनि सचिवले महाशाखा प्रमुखहरुसँग गर्ने कार्यक्रम छ।’

विभागमा समायोजन ऐन कार्यान्वयन गर्दै मन्त्रालयले केही समयअघि मात्र नयाँ  जिम्मेवारी दिएको थियो। स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्वास्थ्य सेवा विभागमा डा सुशील प्याकुरेल, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागमा डा वासुदेव उपाध्याय र औषधि व्यवस्था विभागमा पानबहादुर क्षत्री लाई महानिर्देशकको जिम्मेवारी दिएका थिए। 
 

कमेन्ट लोड गर्नुस