सुदूर नेपाललाई विश्वसँग जोड्दै

कृषि पेशामा प्रेरित गर्न किसानहरुलाई कृषि उपकरण वितरण

। फोटो स्रोत ।
२०७६ साउन २, ०६:०५

रुपन्देहिमा किसानहरुलाई कृषि पेशामा प्रेरित गर्न विभिन्न कृषि उपकरण वितरण गरिएको छ। जिल्लाको सैनामैना नगरपालिकाको नगरपालिकाको ५० प्रतिशत अनुदानमा किसानहरुलाई पाँच मिनी ट्रिलर, एक पावर ट्रिलर, एक रिपर र एक क्यूजल किसानहरुलाई वितरण गरेको नगरपालिका प्रमुख चित्रबहादुर कार्कीले बताए।

सो अवसरमा नगरपालिकाप्रमुख कार्कीले किसानहरुलाई कृषि पेशामा प्रेरित गर्न अनुदानमा कृषि उपकरण वितरण भएको जानकारी दिए। उनले भने, “यहाँ कृषि क्षेत्रमा आधुनिकीकरणसँगै प्रविधिको उच्च प्रयोग गर्न नगरपालिकाले योजना बनाइरहेको छ।” जगाको चक्लाबन्दी गरी सामूहिक खेती र एकीकृत कृषि प्रणालीमा जोड दिइएको उल्लेख गर्दै प्रमुख कार्कीले आफूले पाएको प्रविधिको उपयोग गरी लाभ लिनसमेत अनुरोध गरे। कृषि उत्पादनमा लागत घट्ने भएकाले किसानलाई उपकरण वितरण गरिएको कृषि सेवा केन्द्र सैनामैनाका अधिकृत साधुशरण यादवले बताए।  

वडा नं ७ का चन्द्रबहादुर राना र टेकबहादुर अर्याल, वडा नं ५ का रामप्रसाद चौधरी, वडा नं ८ का रामप्रसाद पाण्डे, वडा नं १ का मङ्कगरे यादव र देउराली किसान समूहले ती उपकरण अनुदानमा पाएका हुन्। अनुदान उपकरण पाएपछि खुशी व्यतm गर्दै सैनामैना– ७ का चन्द्रबहादुर रानाले धान, गहुँ र तरकारी खेती गर्न उपकरणको उपयोग हुने बताए। रासस

कमेन्ट लोड गर्नुस