सुदूर नेपाललाई विश्वसँग जोड्दै

ग्लोबल आईएमई बैँक लम्कीका प्रमुख कार्यालयमै कुटिए

२०८२ असार १३, ०५:०४ कमल सावद

धनगढी : ग्लोबल आईएमई बैँक लम्कीका शाखा प्रमुख हरिस चन्द्र भट्ट कार्यालयमा नै कुटिएका छन्।

लम्कीस्थित शाखा प्रबन्धक भट्ट बिहिवार कार्यालयमा नै कुटिएका हुन्। भट्टले इलाका प्रहरी कार्यालय, लम्कीमा कार्यालयमा नै कुटपिट भएको उजुरी दिएपछि अमित भण्डारी पक्राउ परेका छन्।

बैँकर्स क्लब लम्कीले ध्यानाकर्षण पत्र सार्वजनिक गरेको छ। क्लबले कार्यालय समयमा नै शाखा प्रबन्धकमाथि गालीगलौज र कुटपिट भएको बताइएको छ। बैँकका कर्मचारीमाथि स्वतन्त्र रूपमा काम गर्ने वातावरणमाथि हस्तक्षेप भएको आरोप क्लबको छ। घटनामा सङ्लन्नमाथि कारबाहीका लागि मागसमेत गरिएको छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस