सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका क्याम्पसलाई शुल्क बृद्धीको निर्णय फिर्ता लिन ७२ घण्टे अल्टिमेटम

२०७६ साउन २, ०४:१२

सुदूरपश्चिमाञ्चल विश्व विद्यालयका आंगिक क्याम्पसहरुलाई शुल्क बृद्धीको निर्णय फिर्ता लिन ७२ घण्टे अल्टिमेटम दिईएको छ। कैलालीको अत्तरियामा रहेको दुर्गा लक्ष्मी बहुमुखी क्याम्पस सहित अन्य क्याम्पसमा बृद्धी गरिएको शुल्क फिर्ता लिन ७२ घण्टे अल्टिमेटम दिइएको हो। मोहन बैद्य निकट अखिल क्रान्तिकारी कैलालीले एक विज्ञप्ती जारी गर्दै शुल्क बृद्धि फिर्ताको माग गरेको हो। क्रान्तीकारीका अध्यक्ष पुष्पराज जोशीले ६ हजार मासिक शुल्कबाट ११ हजार ७ सय पुगाईएकाले बृद्धि भएको शुल्क फिर्ता लिनुपर्ने बताए। क्रान्तिकारीले माग पुरा नभए आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिएको छ। 

कमेन्ट लोड गर्नुस