सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका स्थानीय तहद्वारा जिल्लामै खसी निकासी गर्दा पनि कर संकलन

२०७६ साउन २, ०३:५९ खबर संवाददाता

बैतडीको पञ्चेश्वर गाउँपालिकाले खसी निकासीको समेत कर लिएको छ। गाउँपालिकाले प्रति खसीको एक सयका दरले निकासी कर लिईरहेको हो। गाउँपालिकाबाट अन्य स्थानीय तहमा खसी निकासी भए वडा कार्यालयहरु मार्फत कर संकलन भईरहेको हो। यस्तै पश्चेश्वर गाउँपालिकाले अवैध रुपमा खसी निकासीको कर लिएको भन्दै जिल्लाकै शिवनाथ गाउँपालिकाका स्थानीय विक्रम धनाडीले सो विषयमा आवश्यक छलफलको माग सहित निवेदन दिएका छन्।

पञ्चेश्वर गाउँपालिका वडा नम्वर ३ का अध्यक्ष मिनवहादुर चन्दले छ वटा खसी आफ्नो वडाबाट खरिद गरेको भन्दै छ सय कर लिएको धनाडीले बताए। उनले बिचबाटोमा रोकेर वडा अध्यक्षले निर्यात कर भन्दै छ सय लिएको बताए। 
यता वडा अध्यक्ष चन्दले पनि कर लिएको स्विकार गरे। गाउँपालिकाको कार्यपालिका बैठकमा खसीको निर्यात कर संकलन गर्ने निर्णय भएकाले कर लिएको उनको भनाई छ। 

 

कमेन्ट लोड गर्नुस