सुदूर नेपाललाई विश्वसँग जोड्दै

चरेश मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ

२०८२ असार ११, ०७:२२ खबर संवाददाता

कञ्चनपुरः चरेश मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरको मिति २०८०  पुस १३ गतेको फैसलाले लागूऔषध (चरेश) मुद्दामा ९ महिना कैद सजाय र ४ हजार जरिवाना तोकिएपछि फरार रहेका कृष्णपुर नगरपालिका४ त्रिवेणी चोक बस्ने ४० वर्षीय कमल दल्याल पक्राउ परेका हुन्। दल्याललाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय गुलरियाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले मंगलवार उनकै घरबाट पक्राउ गरेको हो।

कमेन्ट लोड गर्नुस