डोटीको बोगटान फुड्सिल गाउँपालिकाको ४५ करोडको बजेट

धनगढीः डोटीको बोगटान फुड्सिल गाउँपालिकाले ४५ करोड ६६ लाख २० हजारको बजेट ल्याएको छ।
आर्थिक वर्ष २०८२/०८३ का लागी गाउँपालिकाको १९औँ गाउँ अधिवेशनमा गाउँपालिकाका उपाध्यक्ष बिष्ना देउवा बमले बजेट प्रस्तुत गरेकी छन्।

कृषि पशुपालन पर्यटन लगायतका क्षेत्रमा लगानी गरी उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने, रोजगारीका विभिन्न अवसर सृजना गर्न सिप विकासमा जोड दिने उद्देश्य लिइएको छ।

आर्थिक वर्ष २०८२/०८३ वर्षका लागी आन्तरिक आय ४३ लाख ७१ हजार अनुमान गरिएको छ। आगामी वर्षका लागी सङ्घीय सरकार समानीकरण अनुदान ९ करोड ३० लाख, सङ्घीय राजस्व वाँडफाड १० करोड ५७ लाख , सङ्घीय सरकार शर्शत अनुदान २१ करोड तिस लाख, सङ्घीय सरकार समपूरक अनुदान ८८ लाख, प्रदेश सरकार समानीकरण अनुदान ७६ लाख ७१ हजार अनुमान गरिएको बजेट उपाध्यक्ष बिष्ना देउवा बमले प्रस्तुत गर्नु भएको छ।

प्रस्तुत बजेट तथा योजना माथि अर्को गाउँभाको बैठकमा छलफल गर्ने गरी बैठक समापन गरिएको छ। अर्को गाउँ सभा बैठक असार १३ गते बिहान ११ बजेका लागी गाउँसभाका बैठक गाउँसभाका अध्यक्ष कमलबहादुर गडसिलाले आवाहन गर्नु भएको छ।
