सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

। फोटो स्रोत ।
२०७६ साउन २, ०७:१५ खबर संवाददाता

कैलालीमा मोटरसाईक दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन्। मृत्यु हुनेमा जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ४ वस्ने अशोक चौधरी रहेका छन भने चालक प्रेम चौधरी घाईते भएका छन। घाइते भएका चौधरीलाई उपचारका लागि कोहलपुर पठाइएको छ। 

पुर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिमवाट पुर्व तर्फ गईरहेको से १ प १३४७ नम्बरको मोटरसाईकलले हिजो राती करिब एक बजेको समयमा घोडाघोडी मन्दिर नजिक छाडा पशुचौपाया लाई ठक्कर दिदा दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। सो दुर्घटनामा परि एक गाई समेत मरेको छ। मोटरसाईकल सुख्खड प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस