सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा प्रधानमन्त्री रोजगार कार्यक्रम सकियो, सडकमा राखिएको नालीको फोहोर हटाउनै बाँकी

२०७६ साउन २, ०७:०० रोशन भट्ट

धनगढी–प्रधानमन्त्री रोजगार कार्यक्रम सम्पन्न भएपनि कार्यक्रम अन्तरगत संकलन गरिएको फोहोर अझै व्यवस्थापन गरिएको छैन्। कार्यक्रम अन्तरगत सफा गरिएका नालीको फोहोर व्यवस्थापन हुन नसक्दा वरपरका बस्तीमा दुर्गन्ध फैलिदै गएको छ। धनगढी उप–महानगरपालिकाले मात्र प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत एक करोड खर्च गरेको भएपनि सडक नालीको फोहोर अहिले सम्म व्यवस्थापन गर्न सकेको छैन्। उप–महानगरका अधिकासं टोलहरुमा नालीको फोहोर वाहिर निकालेको भएपनि त्यसको व्यवस्थापन हुन नसकेको स्थानीय सिता मल्लले गुनासो गरिन्। उप–महानगरपालिका भित्र पर्ने अदालत रोड, वसन्त टोल लगायत अन्य स्थानमा पनि नालीको फोहोर वाहिर निकालेको भएपनि त्यस्को व्यवस्थापनमा चासो नदिएको अर्की स्थानीय त्रिपुरा भट्टको छ। ‘प्रधानमन्त्री रोगजार कार्यक्रमले नै फोहर व्यवस्थापन गर्नु पर्ने हो, ’ उनले भनिन्, ‘तर आफ्नो जिम्मेवारी बाट पन्छिने काम भईरहेको छ।’

एक करोड खर्च गरेर नाली सफा गरेपनि फोहर व्यवस्थापन नहुदा धनगढी नगर क्षेत्र थप कुरुप बन्दै गएको धनगढीकै स्थानीय देवी विश्वकर्माले बताईन्। फोहर व्यवस्थापनमा उदासिन देखिएको उप–महानगरपालिकालाई प्रधाममन्त्री रोजगार कार्यक्रमले अधुरा छोडेका कामहरु गर्नु पर्ने जिम्मेवारी पनि थपिएको छ। गत असार ३० गते उत्त कार्यक्रमको निर्धारित समय सकिए संगै काम पनि रोकिएको थियो। एक महिनाको समयावधि राखेर काम सुरु गरिएको भएपनि एक महिना पुरा काम भने हुन सकेको थिएन। तीस दिने रोजगार कार्यक्रममा सहभागि भएकाहरुले आफ्नो पारिश्रमिक लिएर गईसकेका कारण वाकी रहेको काम उप–महानगरपालिकाको काधमा आएको हो। धनगढी उप–महानगरपालिकाका रोजगार संयोजक चन्द्र महराले भने छाटो समयमा काम गर्नुपर्ने भएकाले समस्या आएको बताए। 

सडक नाली भित्रको फोहर वाहिर निकालिए पछि एकातिर प्रदुषण फैलिएर विभिन्न रोगको संक्रमण हुने खतरा बढेको छ भने अर्कोतिर पानी पर्दा वाहिर निकालिएको फोहर फेरी नालीमा नै जान थालेपछि नाली सफाईमा गरेको लगानी वालुवामा पानी जस्तै भएको छ। 

 

 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस